नेविसंघ अर्घाखाँचीले विपद् व्यवस्थापनलाई लिएर बुझायो ज्ञापनपत्र

लक्ष्मण घिमिरे ,अर्घाखाँची । नेपाल विद्यार्थी संघ अर्घाखाँचीले विपद् व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

१२ बुदे ज्ञापन पत्र बुझाउँदै नेविसंघले विपदको समय भएकाले सतर्कता अपनाउनु पर्ने विषय साथै अग्रिम गर्न सकिने कार्यका विषयमा सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो । विपदजन्य घटनाका पुर्व र घटना घटेपछी तत्काल गर्न सकिने कार्यका विषयमा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएको नेविसंघ अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए ।

प्रभावित क्षेत्रमा पर्न सक्ने असर र हुन सक्ने क्षतीको आँकलन गरेर विपदको तयारीमा जुट्नु पर्ने नेविसंघले सुझाएको छ । घटनाबाट उत्पन्न हुन सक्ने जोखिम, दैनिक जिवन यापनमा आईपर्ने कठिनाई र अन्य क्षतीलाई न्युनिकरण तथा उचित व्यवस्थापनमा सरकारको बेलैमा ध्यान पुगोस् भनेर ‘मनसुन जन्य प्राकृतिक विपद पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा’ ज्ञापन पत्र बुझाईएको अध्यक्ष भुसालले बताए ।

नेपाल विद्यार्थी संघले प्रत्येक जिल्लामा ३० जनाका दरले स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । उद्धार र राहतमा समन्वय गर्ने, स्वास्थ्यकर्मीको छुट्टै टोली निर्माण गर्ने लगायतका योजना बनाएको नेविसंघले जनाएको छ । स्थानीय स्तरमा आफुहरु सहयोग गर्न तयार रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई ज्ञापन पत्र बुझाईएको नेता रमेश श्रेष्ठले बताए ।

जवाफमा प्रजिअ खत्रीले विपदमा सबैको सहयोग चाहिने भएकाले चाँसो प्रकट गरेकोमा धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close