सन्धिखर्क वडा ५ ले २४ जना विद्यार्थीलाई ६हजारका दरले छात्रवृत्ति प्रदान गर्ये

प्रविन भट्टराई,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ ले २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उच्च शिक्षाको लागि पाणिनी बहुमुखी क्याम्पसमा बिएड तथा बीबीएस संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पढ्न सहज होस् भनेर छात्रवृत्ति ६हजारका दरले हस्तान्तण गरिएको वडा अध्यक्ष ऋषव अधिकारीले बताउनुभयो। सोहि वडामामा जन्म भै हाल पाणिनी बहुमुखीमा उच्च शिक्षा अध्यान गर्ने विद्यार्थीलाई उक्त रकम प्रदान गरिएको हो ।

यो रकमबाट उच्च शिक्षा अध्यान गर्नको लागि आर्थिक अवस्था बाट पठनपाठन गर्न बन्चीत विद्यार्थीलाई समेत केहि भएपनि राहात होस भनेर उक्त रकम प्रदान गरिएको उहाँले बताउनुभयो । वडा कार्यालले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गत वर्ष पनि १४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको वडा सदस्य कृष्ण भुसालले जानकारी दिनुभयो ।
दिर्घकालीन रूपमा शैक्षिक क्षेत्रमा वडाको विकासमा पनि टेवा पुग्ने अपेक्षा राखेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close