करेन्ट लागेर अर्घाखाँचीका एक युवाको मृत्यु

पाल्पा । पाल्पामा करेन्ट लागेर १ युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका वडा नम्बर ७, बस्ने ३१ वर्षीय बाबुराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिहिबार रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २, सर्देवामा विद्युत्को पोलमा तार तान्ने क्रममा करेन्ट लागेर अर्घाखाँचीस्थित दुर्गे कन्स्ट्रक्सनमा कार्यरत घर्तीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close