भूमिकास्थान नगरपालिकामा विपद् व्यवस्थापन तालिम सुरु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि २ दिने युवा स्वयंसेवक परिचालन तालिम आजबाट शुरु गरेको छ।शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि युवा स्ययंसेवक परिचालन तालिमको भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालाकृष्ण बन्जाडेले उद्घाटन गर्नुभएको हो ।

सोहि अवसरमा मन्तव्य राख्दै नगर उपप्रमुख बन्जाडेले पछिल्लो समयमा युवाको विदेश जाने मोहले युवामा राष्ट्रिय भाव ह्रास हुँदै गएको बताउनुभयो ।उहाँले युवाहरूले स्वदेशमै केही गर्न सक्छु भन्ने मनोबल लिएर मुलुकको रूपान्तरणमा आफ्नो महत्त्व बुझेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राखेर अघि बढ्न आग्रह गर्नुभयो।कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, प्रशिक्षक लिल बहादुर बिक लगायतले बोल्दै युवाहरुलाई अध्ययनसँगै सामाजिक क्षेत्रमा लाग्न र समाजमा आइपर्ने विपत्तिमा सक्रिय रुपमा लाग्न आग्रह समेत गर्नुभएको थियो।

शेषकान्त घिमिरे ९ओसन० को सञ्चालनमा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका कार्यक्रम संयोजक राजेश पाण्डे, भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयोजक टेकराज भुसाल, विभिन्न शाखाका प्रमुखहरुको आतिथ्यता रहेको थियो।

२ दिनसम्म संचालन हुने तालिममा भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट ५० जना युवाहरुको उपस्थिति रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close