नेपालमा बिदेशी काठ आयतमा प्रतिबन्ध लगाउनु पर्छः अर्याल

सुर्य प्रसाद भुसाल ,सन्धिखर्क ।नेपाल बन पैदावर उधोग ब्यबसायि महासघका कोषाध्यक्ष युवा ब्यबसायि पबन अर्यालले ब्यबसायिका समस्या सरकारले नसुन्दा धेरै जस्तो काठ जङ्गल मा खेरजाने अबस्था आएको बताउनुभएको छ।अर्घाखाँचीको सितगङ्गा नगरपालिका मा आयोजित कार्यक्रममा बोल्दै कोषाध्यक्ष अर्यालले सामुदायिक निजि आबधि जङ्गल मा धेरै काठ डम्पिङ भएपनि सरकारले ब्यबसायी हरुको हितमा काम गर्न नसकेको अब सरकारि भबन निर्माण हुदा अनिवार्य रुपमा नेपाली काठ प्रयोगगर्ने नीति सरकारले ल्याउन नसक्दा व्यापारी हरु बिस्थापित हुन पुगेको बताउनुभएको हो ।

उहाँले अहिले जङगलमा करोडौंको काठ सडेर जाने अबस्था छ सरकारले नियम कानुन बनाउन सक्दैन उल्टै ब्यबसायि हरुलाई मर्का पर्ने काम गरेको छ राजस्व दिन प्रतिदिन बृर्दि हुनु ब्यबसायिका निम्ति दुखद भएको बताउनुभयो ।
उनले ब्यबसायिहरु को हक हितका लागि सस्था सधै लागि परेको बताउदै सम्बृर्दिका लागि बन कार्यक्रम निकै राम्रो लोकप्रिय भएको ले त्यसलाई लागू गरेका सामुदायिक बन हरुले छिटो प्रगति गर्ने भनाइ छ ।
अर्यालले नेपालमा बिदेसि काठ प्रतिबन्ध लगाउनु पर्ने र नेपाली काठ लाई प्रोत्साहन गरेमा राज्यलाई ठुलो मात्र मा राजस्व सङकलन हुने जिकिर गर्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close