कोराना नियन्त्रण सम्बन्धमा जिल्ला स्त्तरिय जिल्ला विपत व्यवस्थापन समितिको बैठक सम्पन्न

विक्रम पाण्डे/ अर्घाखाँची ।
कोराना नियन्त्रण सम्बन्धमा जिल्ला स्त्तरिय जिल्ला विपत व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलकोको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकले चाडपर्व अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाचलगायतका गतिविधि नगर्ने , सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्वमा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्र्ने , अत्यावश्यक कामका लागि घरबाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्ने गराउने लगायतका निर्णय गरेको बैठकमा सहभागि पत्रकार गणेश खनालले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, स्थानिय तहका प्रमुख,राजनितिकदल,संघसस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । उच्च सर्तकता अपनाउन स्वास्थ मापदण्ड अनिवार्य लागू गर्न सकेमात्र कोराना रोकथाम गर्न सकिने राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले बताउनुभयो । बैठकमा कोभिड नियन्त्रण,चाडपर्व हुने गतिविधि व्यवस्थापन,नियम उल्लगन कारवाही लगाएतका विषयमा छलफल भएको हो ।

निर्णयहरु

Image may contain: text

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close