शितगंगा नगरपालिका द्वारा उत्पादनको आधारमा कृषक लाई ७० लाख भन्दा बढी रकम वितरण

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले उत्पादनका आधारमा कृषक लाई अनुदान रकम वितरण गरेको छ । आर्थिक वर्ष २०७६÷२०७७ को कार्यक्रम अनुसार सहकारी मार्फत खसी पाठा बजारीकरण गर्ने १४० उद्यमिहरुलाइ ५१ लाख ८० हजार रकम अनुदान स्वरुप वितरण गरीएको छ भने करीव २० लाख रकम कृषिजन्य उत्पादनका आधारमा अनुदान रकम प्रदान गरीएको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो ।उहाँका अनुसार यस्तो अनुदानको कार्यक्रमले किसान निकै खुशी भएको र उत्पादनमा पनि वृद्धि भएको सोहि अनुसार कृषकको माग अनुसारका आगामी कार्यक्रम ल्याउन नगरपालिका लागेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
किसानले उत्पादन गरेका खसी पाठा जिउदो तौलका आधारमा सहकारी मार्फत विक्रि गर्ने किसानलाई नगरपालीकाले प्रति किलो रु५० दरले अनुदान वितरण गरेको छ भने लोकल कुखुरा,वंगुरको पाठा र महमा प्रतिकिलो रु. ५०,दुधमा प्रति लिटर रु. ५,लोकल अण्डा प्रतिगोटा रु.२ तरकारी तथा फलफूलमा प्रति रोपनी पाँच हजार लगायतका उत्पादनमा नगरले अनुदान वितरण गर्दै आएको छ ।गत बर्ष तीस लाख साठी हजार अनुदान रकम वितरण गरेका हौं यस बर्ष करीब ७० लाख भन्दा बढी रकम बितरण गरिएको नगर उपप्रमुख टिका रेस्मीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close