थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि,२६ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।योीसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा २० हजार १सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै बितेको २४ घण्टामा २ हजार ९सय ९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ६सय५ पुगेको छ । अब नेपालमा ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा २६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७सय९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !