नेपालीहरूले खीर खाएर साउन १५ मनाउँदै

साउन पन्ध्र खीर खाएर मनाउने प्रचलन रहेको छ । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता रोगहरु नलागोस तथा रोगको संक्रमण नहोस भन्नका लागी खिर खाने गरेको पाइन्छ ।नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने पनि गरिने चलन छ ।यसको साथै साउनमा मासु, माछा, मदिरा सेवन नगरी ब्रत बस्ने तथा आप, नास्पाती, भूइकटहर लगायतका फलफूल खाने चलन छ ।
कमेन्ट गर्नुहोस !