थप ५ सय ७० जनामा कोरोना पुष्टि,१४ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।योससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । यस्तैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । अहिले नेपालमा ४० हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन् ।गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८सय ७६ पुगेको छ।
कमेन्ट गर्नुहोस !