कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा कार्यक्रम र बजेट सार्वजनिक

सागर महत /अर्घाखाँची ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि ‘सञ्चारकर्मीसँग अन्तरक्रिया’ कार्यक्रम सार्वजनिक गरिएको हो ।चालू आर्थिक वर्ष ७७/७८ का लागि नौ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्रकुमार ओझाले जानकारी दिनुभयो ।यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा कोरोना महामारीका कारण कुल बजेटको ४५ प्रतिशतमात्र खर्च गरेको ज्ञान केन्द्रले यस वर्ष भने शतप्रतिशत कार्यसम्पादन गर्ने योजना राखेको केन्द्रका प्रमुख राममिलन विश्वकर्माले बताउनुभयो ।उत्पादित कृषिवस्तु बजारमा पुगेपनि उचित मूल्य नपाउँदा किसान मारमा पर्ने गरेकाले यसको रोकथामका लागि केन्द्र लागिपरेको विश्वकर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close