विद्युत् प्राधिकरणका इन्जिनियर दस लाख घूस सहित रंगेहात पक्राउ

ठेकेदार पक्षसँग घूसबापतको रकम लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर हेटौंडा बजारबाट आज रंगेहात पक्राउ परेको छन् ।पक्राउ पर्नेमा हेटौंडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई नगद १०लाख रुपैयाँसहित रंगेहात पक्राउ परेका हुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्राधिकरण प्रमुख लाई पक्राउ गरेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख बाबुराम खतिवडाका अनुसार जैसवालले आयोजनाको काम गरेबापत ठेकेदार कम्पनीले सम्पूर्ण कागजात पूरा गरेर भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको भएपनि जैसवालले आफूलाई दस लाख रुपैयाँ चाहिने माग राखेका थिए ।इन्जिनियर जैसवाललाई हेटौंडा–१० स्थित मेगा होटलबाट पक्राउ गरिएको हो ।
कमेन्ट गर्नुहोस !