अर्घाखाँचीमा एकै दिन ३४ जनाले कोरोना जिते

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाका ३ जना रहेको स्वस्थ्य कार्याल अर्घाखाँचीले जानकारी दिएको छ।योसँगै जिल्ला मा कुल कोरोना संक्रमित संख्या ६ सय २ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो।यस्तै गएको २४ घण्टामा सन्धिखर्क नगरपालिमा ३२जना र शितगंगा नगरपालिकामा २जना गरि आज जिल्ला मा एकै दिन ३४जनाले कोरोना जितेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो
।खनालका अनुसार जिल्ला भर हाल सम्म ५सय ५७जनाले कोरोना निको भएर घर डिस्चार्ज भएको बताउनु भयो।अब जिल्लामा सक्रिय संक्रमित संख्या ३८रहेको बताइएको छ।कोरोना का कारण जिल्ला भरमा हाल सम्म ७जनाको कोरोना बाट मृत्यु भएको पनि बताईएको छ।
कमेन्ट गर्नुहोस !