उपभोक्ता अधिकार र कानुन बारे विद्यार्थीलाई सन्धिखर्कमा प्रशिक्षण

शोभाखर पन्थी/ अर्घाखाँची।
अर्घाखाँची जिल्लाका विद्यार्थीहरुलाई उपभोक्ता अधिकार र कानूनको बारेमा शिक्षा दिईने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जिल्लाको १० ओटा माध्यमिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई उपभोक्ता हक, हित र कानूनको बारेमा प्रशिक्षण दिन लागेको हो ।
जिल्लाको ६ ओटा पालिकाको ५ सय भन्दा बढि विद्यार्थीलाई उत्पादक, ढुवानी कर्ता ,व्यापारी तथा उपभोक्ताको दायित्व र अधिकार एवं विद्यमान कानूनी व्यवस्था बारे विद्यार्थी मार्फत घर परिवार र समुदायमा चेतना जागरण गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख केशव सुनारले बताउनु भयो ।
सात दिन सम्म सञ्चालन हुने तालिमको सम्बन्धित विद्यालयका शिक्षक, शिक्षिका तथा प्रशिक्षकहरुले सहजीकरण गर्ने जनाईएको छ ।यसैबीच घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा १ दिने अभिमूखिकरण तालिम सम्मन्न भएको छ ।
उपभोक्ता जागरण कक्षा सञ्चालन गर्ने प्रशिक्षकहरुका लागि आयोजित कार्यक्रमको सामाजिक दुरी कायम राखी एक समाहरोका वीच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालले उद्घाटन गर्नु भयो ।


कार्यक्रममा मन्तव्य राख्दै उहाँले घरेलु तथा साना उद्योगको विकासका निम्ति राज्यको ध्यानाकर्षण गराउनु भएको छ । कोभिड १९ का कारण वैदेशिक रोजगारी गुमाई बेरोजगार अवस्थामा रहेका युवाहरुलाई उद्योग व्यवसायमा जोडी स्वरोजगार बनाउनुको विकल्प नभएको उहाँको भनाई थियो । प्रमुख भुसालले सिमित स्रोत र साधनका वीच पनि घरेलु तथा साना उद्योग कार्यालयले प्रभावकारीरुपमा काम गरेको भन्दै आगामी दिनमा पनि उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव सुनारले स्थानिय साधन र स्रोतको परिचालन गरी युवा युवतीहरुलाई उद्योग व्यवसायमा जोडि स्वरोजगार बनाउनका निम्ति आफूहरु निरन्तर रुपमा खटिरहने बताउनु भयो ।उहाँले काम गर्ने ईच्छाशक्ति भएका व्यक्तिहरुलाई आधुनिक सिप ,प्रविधि र उपकरण प्रदान गरी व्यवसायी बनाउने दृढता समेत व्यक्त गर्नुभयो ।कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले सञ्चालन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close