आज गाईतिहार देश भर मनाईदै

यमपञ्चकको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी यो पर्व मनाइँदै छ । गाईबाट आमाबाटजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा बसेको हो ।गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो–मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।
आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । नेवार समुदायका मानिसहरुले आज बेलुकी आत्म ९म्ह० पूजा गरी मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो । विगत वर्षजस्तै म्ह पूजा आज र भोलि गर्नेमा नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवत्कै दिन आत्मपूजा गर्नेले सोमबार गर्न लागेका हुन् । म्हपूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत्सँग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए ।कान्तिपुर दैनिक बाट
कमेन्ट गर्नुहोस !