नेकपा विवाद : स्वार्थी राजनीति

देश र जनताको हितमा काम गर्छु भनेर राजनीतिमा लागेका नेताहरु व्यक्तिगत र गुटगत स्वार्थमा लागेपछि देश विकास कसरी हुन्छ ? धेरैले भन्ने गरेको वा एउटा आरोप छ नि–राजनीति फोहोरी खेल हो । वास्तवमा राजनीति आफैमा फोहोर छैन । फोहोर छ त नेपालका जस्ता नेताहरुका कारण । यतिबेला सत्ताधारी दल नेकपामा पनि निकै फोहोरी राजनीति चलिरहेको छ ।तपाई हामीले नै चुनावमा मत दिएर पठाएका नेताहरु अहिले के गरिरहेका छन् ? हेक्का राख्नुभएको छ ? पक्कै छ होला । देश विकासको त कुरै छोडौँ, यतिबेला कोरोना महामारी नियन्त्रण गर्न तिनै नेताहरुले चलाएको सरकारले के गर्यो ?

यो प्रश्न विशेषगरी सत्ताधारी दल नेकपा, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु अनि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुमाथि उठिरहेको छ । सबैभन्दा बढि जिम्मेवारी बोकेको संघीय सरकार तथा सत्ताधारी नेकपा भने देश र जनताप्रति गैरजिम्मेवार बन्दै गइरहेको छ ।

प्रधानमन्त्री ओलीलाई समेत यतिबेला देश र जनताको समस्याबारे सोच्ने फुर्सद छैन । बरु आफ्नै पार्टीभित्रको विवाद कसरी मिलाउने, आफ्नो पद कसरी सुरक्षित राख्ने, पार्टीभित्रकै विपक्षीलाई कसरी तह लगाउने अनि आफ्नो गुटका नेता कार्यकर्तालाई कसरी संरक्षण गर्ने भन्नेमा ओलीको ध्यान केन्द्रित भएको देखिन्छ । र यो सब हुनुको पछाडि फोहोरी रानीतिक खेल नै हो । जसले गर्दा नागरिक अब यो सरकारले देश र जनताका पक्षमा कुनै पनि काम गर्दैन भन्ने निष्कर्षमा पुगेका छन् ।

नगरिकले सरकार र नेताहरुको आलोचना मात्रै होइन, प्रधानमन्त्री ओलीको राजीनामासमेत माग्न थालेका छन् ।

नेताको दौडधुप :
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पठाएका छन् । महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गरेका छन् ।

ओली बुधबार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । सोही योजनाअनुसार ओलीले आइतबार र सोमबार विभिन्न पक्षका नेताहरुसँग भेटवार्तालाई तीव्रता दिएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर ओलीले भेटवार्ता गरेका थिए । ती भेटवार्तामा ओलीले दाहालको प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्नसक्ने बताउँदै आएका छन् ।

गत शुक्रबार झण्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । जसमा अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै योगदान गर्न सुझाव दिइएको छ । तर ओलीले उक्त सुझावलाई आफुमाथिको प्रहार ठानेका छन् । सोही क्रममा नेता नेपाल र गौतमले समेत ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिइसकेका छन् ।

भोलीको बैठक :
सचिवालयको बुधबार बस्ने भनिएको बैठक अनिश्चित बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले अर्को अध्यक्ष पुष्पकमल दाहाल पक्षलाई सचिवालय बैठक सार्न प्रस्ताव गरे पनि टुङ्गो लागेको छैन । ओली पक्ष बैठक राख्न चाहँदैन भने दाहाल पक्ष जसरी पनि बैठक बस्नुपर्ने अडानमा छ ।

भोलिको बैठकबारे प्राईम टाईम्स् टेलिभिजनसँग कुरा गर्दै दाहाल पक्षलाई साथ दिइरहेका वरिष्ठ नेता झलनाथ खनालले ओली पक्षले नमाने पनि बैठक बस्ने बताएका छन् । तर ओली पक्ष नमानेको अवस्थामा खनालले भने झैँ सहजै बैठक बस्न मुस्किल छ ।

यसैबिच आजै नेकपाका कार्यकारी अध्यक्ष दाहालले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेका छन् । पार्टीभित्र विवाद चुलिदै जाँदा शीर्ष नेताहरुले भण्डारीलाई भेट्दै आएका छन् । यसअघि शुक्रवार मात्रै प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका थिए ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो ।Source

 :reportersnepal 4

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close