बालबालिकाको हक अधिकारको लागि सबै लाग्नु आवश्यक छः नगर प्रमुख भुसाल

अनिल नेपाली /सन्धिखर्क ।
सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले बालबालिकाको हक अधिकार प्रर्बद्धनको लागि सबै लाग्नुपर्ने मा जोड दिनुभएको छ । ३१औ बाल मैत्री शासन बाल अधिकारको सम्मान विषयक सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको नगरव्यापी मावि स्तरीय बक्तृवकला प्रतियोगिताको आज उद्घाटन गदै नगर प्रमुख भुसालले यस्तो बताउनुभएको हो ।
यस्तै फरक प्रसंगमा नगर प्रमुख भुसालले बालबालिकाको हक अधिकार प्रर्बद्धन भएमा मात्र बालबालिकालाई अनुशासित मर्यादित बनाउनको लागि सजिलो हुने भएकोले नगरले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउदै शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि नगरले उल्लेखीय रुपमा बजेट विनियोजन गरेकोे बताउनुभएको थियो । कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले बालबालिकाको हक अधिकार सुनिश्चित गर्नको लागि नगरपालिकाले प्रत्येक वडामा अभियान चलाउदै लैजाने बताउनुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा सन्धिखर्क नगरपालिका वडा न ८ का अध्यक्ष ईश्वरी प्रसाद भुसाल, निमित्त प्रमुख प्रशासकीय अघिकृत युगनारायण बस्याल लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो कार्यक्रममा नगरभित्रका ७ वटा विद्यालयका ११ जना बिद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रममा जनज्योती माध्यमिक विद्यालयका छात्र विबेक आचार्य प्रथम, ग्रिन बोडिङ्ग स्कुलकी छात्रा शुभेच्छा खनाल दितीय ,चन्द्र प्रभा माध्यमिक विद्यालयका छात्र अमिन पौडेल तृतीय ,मदरल्याण्ड बोडिङ्ग स्कुल की छात्रा एन्जीला गैरे सान्तवना ,गौरीशकर बोडिङ्ग स्कुलकी छात्रा अमृता बेल्बासेले सान्तवना स्थान प्राप्त गरेका थिए । कार्यक्रममा प्रथम दृतिय तृतीय सान्तवना स्थान प्राप्त गर्ने सहभागीतालाई नगद प्रमाणपत्र मेडलले सम्मान गरिएको थियो । कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमार विकको अध्यक्षता शाखा संयोजक बेलकुमारी परियारको स्वागत मन्तब्य वडा न १ की सचिब पुष्षा भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखा अघिकृत मन्जु खनाल शिक्षा ईकाई तथा समन्वय ईकाई प्रमुख मणिराम पराजुली पत्रकार महासंघका सहसचिब अनिल नेपाली लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !