नेकपा अर्घाखाँचीले टाँस्यो ८ औ पार्टी स्थापना दिबसको व्यानर

सबैको सन्देश/ संवाददाता
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्क नगर समितिले र भुमिकास्थान नगर समिति जिल्लाका विभिन्न स्थानमा ८ औ पार्टी स्थापना दिबस तथा पार्टी पुर्नगठनको सन्दर्भमा व्यानर टाँसेको छ । पार्टीको स्थापना दिबसलाई भब्य सभ्य रुपमा मनाउन र क्रान्तिको उचाईलाई जनताको सामु जागरुक बनाउनको लागि प्रत्येक वडा का सार्बजनिक स्थलमा व्यानर पोष्टर टाँसिएको विप्लब नेतृत्वको अर्घाखाँचीका नेता नविन खड्काले बताउनुभयो ।
नेता खड्काले जनता अहिलेको सत्ताबाट आजित भएकोले जनताको बिकल्पको शक्तिको रुपमा आफ्नो पार्टी आएको बताउनुभएको हो ।यता नेकपाले मंसिर ८ गते देश व्यापी रुपमा ८ औ स्थापना दिबस मनाउन लागेको छ ।
कमेन्ट गर्नुहोस !