कुर्सीबाट लडेर घाईते नेता भण्डारीको निधन

दाङमा कुर्सीबाट लडेर नेपाली कांग्रेसका नेता रेशमबहादुर भण्डारीक मृत्यु भएको छ। हिजो साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको बताईएको छ ।७२ वर्षीय भण्डारी हिजो अपरान्ह ३ बजेतिर तुलसीपुर बजारस्थित आफ्नै घरमा कुर्सीबाट लडेर घाइते भएका थिए।उनलाई सुरूमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो।त्यसपछि थप उपचार गर्न भैरहवा लगिएकोमा गए राति उनको मृत्यु भएको कांग्रेस नेता खिमबहादुर वलीले जानकारी दिए।
भण्डारी उरहरी गाविसमा लगातार १५ बर्षसम्म प्रधानपञ्च भएका थिए।साविक उरहरी गाविस वडा नम्बर ९ सुकौराका भण्डारी त्यसपछिका थप ५ वर्ष गाविस अध्यक्ष पनि भए।उनी दुई वर्ष कांग्रेस क्षेत्रीय सभापति भएर पनि काम गरेका थिए।उनको आज अन्त्येष्टि गर्ने तयारी छ।सेतो पाटीको सहयोगमा
कमेन्ट गर्नुहोस !