थप १ हजार ६ सय ६९ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ६९ जना लाई कोरोना पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख २० हजार ३सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ६ सय ९९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ३२ पीसीआर परीक्षण भएको छ। अब देशभरी संक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ९सय६३ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close