ट्राफिक प्रहरी अर्घाखाँचीद्वारा यात्रुलाई सुरक्षित यात्रा अभियान सडकमा

सबैको सन्देश /अर्घाखाँची ।
ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा यात्रुलाई सुरक्षित यात्रा अभियान सम्बन्धी कार्यक्रम जिल्लाको सन्धिखर्क–गोरूसिंगे सडकमा रहेको धार्मिक तथा ऐतिहासीक पर्यटकीय स्थल सुपादेउराली मन्दिर नजिकको सडक लगायतका सडक खण्डमा अभियान गरिएको छ ।
जसअन्तर्गत सवारी साधन चेकजाँचको क्रममा बिभिन्न सवारी साधनका चालक –सहचालक र विभिन्न गाडीमा सवार यात्रुहरुलाई सडकमै जम्मा गरी दुर्घटना न्युनिकरण, सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु,सवारी साधनमा यात्रा गर्दा एवम सडक प्रयोग गर्दा अपनाउनु पर्ने तरीका बारे सचेतना सम्बन्धी जानकारी का साथ विश्व भरीनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस सम्बन्धि चालक ,सहचालक, यात्रुहरु लाई २ पटकमा ४५ जनालाई सडकमै जम्मा गरी प्रशिक्षण दिई बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !