नेपालमा हाल सम्म २ लाख भन्दा बढीले कोरोना जिते

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जनामा कोरोना भाइरस पुष्टि भएको छ।योसँगै नेपालमा संक्रमित संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको हो ।यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा ३हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८ सय ८४ छ । यस्तै गएको २४ घण्टामा १६ को मृत्यु भएसँगै संक्रमण बाट मृत्यु हुनेको संख्या १हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !