थप १६ सय १४ जनामा कोरोना पुष्टि,२३ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १६ सय१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ सय३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय३५ पुगेको छ ।अब नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या हाल १६ हजार ७ सय९३ जना रहेका छन् ।यता गएको २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय१२ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close