सन्धिखर्क नगरपालिकाको नगर आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

सबैको सन्देश/ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको नगर आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको आयोजना र नेपाल ट्रेड एण्ड ईन्जीनीयरिङ काठमाण्डौको प्रशिक्षणमा भएको कार्यक्रममा संस्थाका कर्मचारी बुद्वीमान श्रेष्ठले नगरपालिका भित्र काम गर्दा योजना अनुसार काम गर्ने तथा वडा स्तरका योजना छनोट गर्दा ध्यान दिनुपर्ने विषयमा वडा स्तरका वडा अध्यक्ष लाई अबको योजना छनोट गर्दा वडा बाट गरिने क्रियाकलापको अभिलेख राख्नु पर्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश अर्घाखाँचीका सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर भुसाल,सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल,नगर उपप्रमुख ठाकुर कुमार विक,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापप्कोटा,लगायतले मन्तब्य राख्नुभएको थियो ।कार्यक्रममा बोल्ने बक्ताले कार्यक्रम निकै प्रभावकारी भएकाले आगामी दिनमा पनि यस्तो खालको कार्यक्रम लाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम नगरपालिकाकी शाखा अधिकृत मन्जु खनालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !