गुल्मीमा जीप दुर्घटना हुदाँ ५ को मृत्यु

गुल्मीको इस्मामा लु १ ज ११६६ नम्बरको जिप दुर्घटना भएको छ।दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने  २ जना घाइते भएको बतााईएको छ ।जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापा छन् ।जिपमा नौ जना सवार रहेका थिए ।दुर्घटनामा इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close