प्रचण्डलाई ओलीको प्रश्न- यो स्वस्थ बहस कि ‘वार कि पार’को लडाइँ ?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी विवाद वार पारको लडाइँमा पुगेको हो भन्दै प्रश्न गरेका छन् । शनिबारको पार्टी सचिवालय बैठकमा राजनीति प्रतिवेदन पेश गर्दै अध्क्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।

३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदा-बुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिइएको छ । कतिपय बुँदामा प्रचण्डलाई चर्काचर्का प्रश्न गरिएको छ ।  ‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ- पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपार्इँले रोजेको बाटो वाद-प्रतिवाद-संवादको हो कि वाद-प्रतिवाद र विग्रहको ? एकता-छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता-विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?’, उनले चौंथो नम्बर बुदामा प्रश्न गर्दै भनेका छन्,’विवादको स्वरुपले समाधानको विधि तय गर्छ । वस्तुतः तपाईंले आफ्ना एकतर्फी लिखतमार्फत् पार्टीभित्रका असहमतिहरुलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिष्ट आन्दोलनलाई गंभीर सङ्कटमा धकेल्नु भएको छ । समयले यसको उचित हिसाब गर्ने नै छ ।’

अध्यक्ष ओलीले चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छोडेर किन नेतृत्वमा चलखेल गरेको भन्दै प्रश्नसमेत गरेका छन् । उनले महाधिवेशनमा आउने प्रतिनिधिको विवेकमाथि प्रचण्डलाई विश्वास नभएको भन्दै प्रश्न गरेका हुन् ।

उनले कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको भन्दै प्रश्नसमेत गरेका छन् ।

ओलीले चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका नेताले लाखौँ कार्यकार्ताको नेतृत्व गर्ने नैतिकता बाँकी नरहेको भन्दै प्रश्नसमेत गरेका छन् ।

‘मेरो मनमा एउटा गम्भीर प्रश्न छन्– चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरुलाई महाधिवेशनमा आउने प्रतिनिधिहरुको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ– नेकपाको विजय यात्रा जारी नै रहने छ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरुमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने, फेरि किन सधैभरि सरकार परिवर्तनको दौडधुप ? चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका हौं भने हामीसँग लाखौं कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?’, उनले थप साेधेका छन् ।अन्नपुर्ण पोष्ट बाट

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close