जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको वार्षिक प्रगति विवरण कार्यक्रम सम्पन्न

सबैको सन्देश ।अर्घाखाँची ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति विवरण प्रस्तुतिकरण तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज पौडे्लले जिल्लाको परिचय ,जिल्ला प्रशासन कार्यालयले एक वर्षमा गरेका गतिविधी ,कोरोना भाइरस नियन्त्रण तथा कार्य र आगामी दिनमा आइपर्ने चुनौती तथा अवसर को बारेमा जानकारी गराउनु भएको थियो । यो वर्ष नेपाल सरकार गृह मन्त्रालयका सह- सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको कार्यसम्पादन सम्झौताको कार्यप्रगति आ. ब२०७६/७७ को मुल्यांकनमा अर्घाखाँची जिल्ला प्रशासन कार्यालय ७७ जिल्ला मध्ये उत्कृष्ट ३ जिल्लाको सुचीमा परेकोमा यो कार्यमा सहयोग गर्ने सम्पुर्ण अर्घाखाँची बासी लाई धन्यवाद समेत दिनुभएको छ । कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हिम लेकालीले पत्रकारको तर्फ मन्तब्य राख्नुभएको थियो । भने कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले गर्नु भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close