नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक सन्धिखर्कमा सम्पन्न

सबैको सन्देश/ संवाददाता सन्धिखर्क ।
नेपाली कांग्रेसका केन्दीय सदस्य बालकृष्ण पाण्डेले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता साझेदारी बनेर सरकारमा नजाने बताउनुभएको छ । भ्रष्टचार काण्डमा चुर्लुम्म डुबेको केपी ओली सरकारसँग सरकारमा नजाने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैंठकलाई सम्बोधन गर्दै नेता पाण्डले दुई तिहाइको सरकारले जनतालाई अभाव, समस्या र पीडा दिएको बताउनुभयो ।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले पाटी संगठन गुणात्मक रुपमा अगाडी बढेकाले आउँदो निर्वाचनमा पहिलो पाटी बन्न कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले गाउँको हरेक विकास निर्माणमा सहभागी हुन कांग्रेस कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।वडा, नगर र क्षेत्रबाट विधिबत रुपमा आएका पाटी क्रियाशिल सदस्यतालाई जिल्ला कार्य समितिले अनुमोदन गरी केन्दीय कार्यालयमा पठाउने निर्णय गरेको छ ।कोभिड–१९ का कारण अर्घाखाँची जिल्लामा मृत्यु भएका १० जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै कोरोनाको कारण विरामी भएकालाई स्वास्थ्यलाभको कामना गर्दै कोरोना संक्रमणको बेला सतर्क रहन कांग्रेसले आग्रह गरेको छ ।
यसैबीच गंभिर विरामी भई काठमाडौस्थित बिभिन्न अस्पतालमा उपचाररत छत्रदेव गाउँपालिका–६ ठुलापोखरा सभापति खडानन्द पौडेल, खिल्जीका तेजेन्द्र बेल्वासे र सिद्धाराका पुष्करनाथ पोखरेललाई उपचारको लागि केहि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताउनुभयो ।बैठकले संगठन विस्तारलाई गति दिने, आउँदो अधिवेशनलाई व्यवस्थित बनाउने लगायतका निर्णय गरेको प्रचार विभाग प्रमुख माधव पौडेलले जानकारी दिनु भयो ।

बैंठकमा कांग्रेस पूर्वजिल्ला सभापति एवं सन्धिखर्क नगरपालिका नगर प्रमुख कमलप्रसाद भु्साल, उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, लगायत जिल्ला कार्य समितिका सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, भातृ तथा सुभेच्छुक संघका प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।
नेपाली कांग्रेस अर्घाखाँचीले प्रकाशन गर्न लागेको स्मारिकाको लागि सबै क्षेत्रबाट सहयोग गर्न सबैलाई बैठकले अनुरोध गरेको प्रचार विभाग प्रमुख माधव पौडेलले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close