क्रिकेट खेलाडीको पिसिआर टेस्ट गरिने

सबैको सन्देश ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको तयारी सुरु गर्नुअघि खेलाडीको कोरोना भाइरसको पिसिआर टेस्ट परिक्षण गरिने भएको छ ।नेपाल क्रिकेट संघ क्यान ले राष्ट्रिय टिमको तयारीका लागि कामको थालेको हो।सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न अनुमति दिएसँगै खेलाडी बाहेक प्रशिक्षक, अफिसियल र ग्राउन्ड स्टाफको पनि पिसिआर गरिनेछ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी ले विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बर २० ९असोज ४० मा गर्ने प्रस्ताव गरेको छ।यो सिरिजअघि नेपालले चैतदेखि रोकिएको अभ्यास सुचारु गर्न चाहेको छ।आइसिसीले कोरोनाभाइरसका कारण स्थगित सिरिजहरु सुचारु गर्ने योजना अनुसार नेपालसहितका देशलाई नयाँ मिति प्रस्ताव गरेको हो।सेतो पाटीको सहयोगमा
कमेन्ट गर्नुहोस !