अर्घाखाँची तिन पालिकामा एकै दिन १५ शैयाको अस्पताल शिलन्यास

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीका तीन पालिकामा १५ शैयाको अस्पतालको शिलन्यास गरिएको छ । जसअन्तर्गत जिल्लाको भुमिकास्थान नगरपालिका ,मालारानी गाउँपालिका,छत्रदेव गाउँपालिकामा सोमबार एकै दिन उद्घाटन गरिएको हो ।मालारानी गाउँपालिकाको खनदह स्वास्थ्य चौकिको स्तर उन्नती गरि १५ शैययाको अस्पताल भवन निर्माणको शिलन्यास रभुमिकास्थान नगरपालिकाको चिदिचौरमा १५ शैयाको नगर अस्पताल सिलन्यास गदै राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्का उज्वलले सरकारको स्वास्थ्य क्षेत्रमा नमुना काम भएको बताउनुभएको छ ।

अब नागरिक सदरमुकाम उपचारको लागि आउन नपर्ने गाउँमा स्वास्थ्य सेवा नागरिकले पाउने खड्काको भनाई छ । अस्पताल समयमै बनाएर छिटो भन्दा छिटो स्वास्थ्यको पहुँचबाट नागरिक लाई राख्न पालिका लाई आग्रह गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका प्रदेश सभाका सदस्य चेतनाराण आचार्यले नागरिकको उपेक्षा गरे बमोजोजिम स्वास्थ्य क्षेत्रमा काम सकारात्मक भएको बताउनुभएको छ ।

संघियता कार्यन्वयको चरणमा जनताको घर दैलोमा सेबाहरु आएको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले बताउनु भयो ।

मालारानीको उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती ,योजना प्रमुख नेत्र खनाल लगायतको सहभागीता थियो। भने भुकिास्थान नगरपालिकाको कार्यक्रममा नगरप्रमुख रेशम थापा ,उपप्रमुख खडानन्द वेल्वासे निमित्त प्रमुख प्रशासकिय अधिकृत तुबलाल सापकोटा योजना सहायक शेषकान्त घिमिरे ओसनको लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
यस्तै छत्रदेव गाउँपालिकामा पनि १५ शैयाको अस्पताल शिलन्यास गरिएको छ

जिल्लाको छत्रदेब गाउँपालिकाको बल्कोटमा १५ शैयाको अस्पताल शिलन्यास गरिएको छ ।उक्त अस्पतालको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेलले शिलान्यास गदै गाउँमै अस्पताल निर्माण भएपछि जनताहरुलाई स्वास्थ्य उपचारको लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भएको छ ।

बल्कोटमा १५ सैयाको आधारभूत अस्पतालको शिलान्यास

उहाले संघिय सरकारबाट ३ करोड रकम बिनियोजन भैसकेकाले अस्पताल लाईछिटो भन्दा छिटो बनाउने र छत्रदेव बासी लाई गाउँ बाट नै सेवा दिने पोख्ररेलले बताउनुभएको हो । बताउनुभएको छ । शिलन्यास कार्यक्रममा छत्रदेब गाउँपालिका उपाध्यक्ष तुल्सादेबि श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत पबन अर्याल , जिल्ला समन्वय समिति सदस्य सम्सोदिन मिया लगायतको सहभागीता रहेको थियो ।

 

 

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close