थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस पुष्टि,२१ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।योसँगै नेपालमा संक्रमितको हुनेको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ७३ जना निको भएसँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

अब देशभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार ६ सय ३३ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close