अर्घाखाँचीमा चुलोमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने बर्ष ७१ की पुतली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।
घर एकलै बसोबास गदै आउनुभएकी नेपालीकी एक मात्र छोरी रहेको र उहाँको बिहे भएको र उहाँ सोही घरमा एकलै बसोबास गदै आउनुभएको सुचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।उहाँका अनुसार घरमा रहेको फलामको चुलोमा आगो थाप्दा कपडा जल्दा बिहान घटना स्थलमा मृत्यु भएको बताईएको छ ।यता घरमा एकलै भएकाले समयमै उद्वार नपाएको समेत बताईएको छ ।
कमेन्ट गर्नुहोस !