प्रधानमन्त्री ओलीले भने–‘पार्टीमा बल प्रयोग भयो, प्रधानमन्त्री र अध्यक्ष छाड्दिनँ’

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बल प्रयोग भएको आरोप लगाएका छन् । ओलीको चाहनाविपरीत आइतबारका लागि स्थायी कमिटी बैठक तय भएपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यले बल प्रयोग गरेको आरोप लगाएका हुन् ।

‘पार्टीमा बल प्रयोग हुन थालेको छ । यो पनि बल प्रयोगकै बैठक हो । धेरै बल प्रयोग नगरौं । मैले पहिला पनि भनेको थिएँ । प्रचण्डको लान्छना पत्र छलफलको निम्ति उपयुक्त हैन । त्यसलाई फिर्ता लिनुपर्छ, यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्नँ । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीं छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ’, शनिबारको सचिवालय बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै एक सदस्यले भने ।बुधबारको सचिवालय बैठकमा ओली अनुपस्थित थिए । उनको अनुपस्थित भएको निर्णयअनुसार शनिबार सचिवालय बैठक बसेको हो । तर, अन्तिम समयमा बैठकमा सहभागी भए पनि उनले पार्टीमा बल प्रयोग भएको बताएका छन् ।ओलीले स्थायी कमिटी बैठकमा आफू सहभागी नहुने संकेत गरेका छन् । ‘तपाईंहरुको तयारी पुगेको होला । पुगेको छ भने बैठक गर्नुस् । स्थायी कमिटीमा फेरी गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैन’ सचिवालय बैठकमा ओलीको भनाइ थियो ।ओली दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा रहे पनि बहुमत सदस्यले दुवै प्रस्ताव स्थायी कमिटीमा छलफलका लागि लैजाने निर्णय लिएपछि उनीमाथि गम्भीर दबाब सुरु भएको छ ।

सहमति नभए बहुमत अल्पमतबाट भए पनि विवाद टुंगाउने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले बल प्रयोग भएको बताएका हुन् । बैठकमा वामदेव गौतमले आवश्यक परे ओलीलाई केही समय दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘केपी कमरेडले स्थायी कमिटी बैठक बस्ने हो । तर, बैठक बस्न अलि कति समय लाग्छ भन्नु भएको हो भने समय दिउँ ’ गौतमको प्रस्ताव थियो ।तर, जवाफमा ओलीले आफूले सचिवालयबाट निकास निकाल्न खोजेको र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने बताएका छन् । ‘के को तयारी मलाई ? मैले सचिवालयबाटै निष्कर्ष निकालौं भनेको हुँ । अध्यक्ष र प्रधानमन्त्री छोडेर त्याग गर्छ कि यो बीचमा भन्नुभयो होला । सहमति आउँछ कि भनेको हो भने त्यो कल्पना गर्न छोड्नुस् । महाधिवेशनसम्म अध्यक्ष छोड्दिन, चुनाव नभएसम्म प्रधानमन्त्री छोड्दिनँ ।’यसअघि दाहालले पेस गरेको प्रस्तावमा ओलीलाई त्याग गर्न आग्रह गरिएको थियो ।कान्तिपुर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close