मोरङका शिक्षक हत्या प्रकरण जिम्मा लियो विप्लव समूहले

मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको पुष्टि भएको छ । सो पार्टीका मेची(कोशी ब्यूरो इन्चार्ज प्रतापको नामबाट मंगलबार जारी विज्ञप्तिमा श्रेष्ठ पार्टीको सुराकी भएको आरोप लगाइएको छ भने उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन पुगेको दावी गरिएको छ ।मिक्लाजुङ गाउँपालिका १ का श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी बैठकका क्रममा प्रहरी बोलाएको दमन गरेको, प्रहरीको सुराकीको रुपमा काम गरेको, नेता कार्यकर्तालाई पक्राउ गराएकोलगायतका आरोप विप्लव समूहले लगाएको छ ।
श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close