मालारानी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली बाट

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणाली बाट गराउने भएको छ ।विभिन्न बैंकहरु संग भएको सम्झौता अनुरुप सोहि कार्य लाई अगाडी बढाएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
जसअन्तर्गत गाउँपालिकाको वडा नम्बर १ र २ को ग्लोबल आइएमइ बैंक तम्घास शाखाको एक्स्टेनसन काउन्टर , ३ र ४ को सेन्चुरी कमर्सियल बैंक खनदह शाखा, ५ को शाइन रेसुङा डेभलपमेन्ट बैंक चुत्राबेशी शाखा, ६ को शाइन रेसुङा डेभलपमेन्ट बैंक खनदह शाखा र मालारानी ७,८ र ९ को मेगा बैंक नेपाल लिमिटेड खनदह शाखाबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सम्झौता कार्य सम्पन्न गरिएको प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो ।अब पालिका भित्ररहेका ९ वटा वडा भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्ती लाई यो प्रणाली निकै प्रभावकारी हुने उपेक्षा राखिएको छ ।
कमेन्ट गर्नुहोस !