थप ८ सय ९९ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ४७ हजार ५ सय९३ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या २ लाख ३४ हजार दुई सय ३१ पुगेको छ । अब नेपालमा ११ हजार ६ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !