कांग्रेस अर्घाखाँचीद्वारा सन्धिखर्कमा प्रदर्शन (फोटो फिचर)

नेपाली कांग्रेस अर्घाखाँची शाखाको आयोजना मा देश भर प्रदर्शन भए जस्तै सदरमुकाम सन्धिखर्कमा पनि सरकार विरुद्व विरोध प्रदर्शन कार्यक्रम भएको छ । कार्यक्रममा कांग्रेस निकट कार्यकर्ता सरकारले गरेका का पछिल्लो गतिविधी जनमुखी नभएको तथा सरकार भ्रष्टाचारको दलदलमा फसेको भन्दै अर्घाखाँचीका ६ वटा स्थानीय तह बाट कांग्रेस निकट कार्यकर्ता सन्धिखर्कमा आएका थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसाल ,केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, लुम्विनी प्रदेसका संसदीय दलका सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेसका पुर्व सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राखेको कार्यक्रममा बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका थिए ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानको सभापतित्व, उपसभापति शान्ता भण्डारीको स्वागत मन्तब्य र सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !