नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा देव वाटमोर नियुक्त

श्रीलंकन मूलका अस्ट्रेलियन पूर्व क्रिकेटर देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ क्यानले बिहीवार वाटमोरलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई सम्हाल्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।श्रीलङ्कामा जन्मिएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेट समेत रहेका उनीपाकिस्तान, श्रीलंका, बंगलादेश तथा जिम्बावेजस्ता टेस्ट राष्ट्रहरूको प्रशिक्षण सम्हालिसकेका वाटमोरसँग प्रशिक्षणमा लामो अनुभव छ ।
आईपीएल टीम कोलकत्ता नाइटराइडर्सको समेत प्रशिक्षण सम्हालेका वाटमोर पछिल्लोपटक सिंगापुरको प्रशिक्षक थिए ।
कमेन्ट गर्नुहोस !