संसद विघटन विरुद्ध सन्धिखर्कमा प्रदर्शन

सबैको सन्देश /अर्घाखाँची ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रस्ताव विरुद्ध अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रदर्शन भएको छ ।विभिन्न पार्टीमा आस्था राख्ने विधार्थी नेता र अन्य कार्यकर्ताको सहभागी विरोधसभा कोणसभामा परिणत भएको थियो ।
विरोध सभामा तरुण दलका जिल्ला अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्का, राष्ट्रिय युवा अभियानका केन्द्रिय सदस्य ठाकुर सौराग आदर्श,समाजवादी बिद्यार्थी युनियनका जिल्ला संयोजक रमेश खनाल,अनेरास्ववियु छैटौंका अध्यक्ष पुरण नेपाली लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन पाणिनी बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण खड्काले गर्नुभएको हो ।मुख्तय संसद विघटन प्रति विरोध गर्दै असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, गणतन्त्र शक्ती हरु एक हैऔ ,जस्ता नारा लगाएका थिए ।प्रधानमन्त्रीको कदमले जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको मतको अपमान भएको उनिहरुको भनाइ थियो।
कमेन्ट गर्नुहोस !