कोरोना बाट प्रभावित भएका पत्रकार लाई स्वरोजगार दिन्छौः अध्यक्ष आचार्य

सागर महत /अर्घाखाँची।
पत्रकारहरुको आचार संहिता पेशागत सम्झेर पालना गर्न सम्पुर्ण पत्रकार लाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आग्रह गर्नुभएको छ ।पछिल्लो समय कोभिड १९ ले मिडिया क्षेत्रमा प्रत्यक्ष असर पारेको भन्दै केहि पत्रकारले जागीर नै गुमाउनु परेको र केहि पत्रकारले तलब नपाईएको समयमा यस मा पटक पटक महासंघले आवाज उठाउदै आएको आचार्य बताउनुभयो ।अर्के तर्फ क्रियाशील रुपमा पत्रकारीता गरेका आफ्नो दैनिकी सोहि पेसा बाट चलाएका र कोभिड १९ को प्रभावले जागिर छुटेका पत्रकार लाई महासंघले विभिन्न विषय बस्तुमा समाचार लेख्न लगाएर तत्कालको लागि स्वरोजगार कार्यक्रम निवेदनको आधारमा दिने बताउनुभयो ।विशेष गरि कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले यस्तो बताउनुभएको हो ।
यस्तै कोरोनाको समय अवधिमा उत्कृष्ठ समाचार संकलन गर्ने प्रत्यक प्रदेश बाट ३ जना लाई पुरस्कार प्रदान समेत गर्ने बताउनुभएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झपेन्द्र भुसालले सबै पत्रकार र सञ्चार माध्यमले आचारसंहिता पालना गर्नुपर्ने भनाई राख्नुभयो ।कार्यक्रममा अर्घाखाँचीका क्रियाशील पत्रकारले कोरोनाले पारेको प्रभाव बारे आफ्ना जिज्ञासा समेत राखेका थियो ।
कमेन्ट गर्नुहोस !