राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा सिलवाल नियुक्त

सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त गरेको छ ।
खेलकुद मन्त्रालयले सिलवालसहित महिला राष्ट्रिय भेलिबल टिमकी पूर्व कम्तान अञ्जु श्रेष्ठ र नेपाल भविल संघका पूर्व उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो।
सिलवाल राखेपका निर्वतमान सदस्य सचिव पनि हुन्। राष्टिय खेलकुद विकास ऐनअनुसार एक महिलासहित कम्तीमा तीनजना सिफारिस गर्नुपर्ने व्यवस्था छ। ऐन लागू भएपछि सिलवालसहितका राखेप पदाधिकारी पद मुक्त भएका थिए। र नयाँ व्यवस्थाअनुसार नियुक्ति प्रक्रिया थालिएको थियो।
मन्त्रालयले सात दिनको सूचना दिएर इच्छुकलाई निवेदन दिन आह्वान गरेको थियो। २७ जनाले आवेदन दिएको मा २ जना अयोग्य भएका थिए। राखेपको सदस्य सचिव पहिलोपटक मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।
कमेन्ट गर्नुहोस !