प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वाराआन्दोलनका कार्यक्रम घोषणा

प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि निम्नानुसारको थप कार्यक्रम घोषणा गरिएको छ —

१ आगामी पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।
२ माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।
३ माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।

माथि उल्लेखित कार्यक्रम बाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्नेछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close