अब अन्तर बैंक एटीएममा शुल्क लाग्ने

काठमाडौँ —नेपालमा एटीएमको नयाँ नियम लागु हुनेभएको छ ।जसमध्ये एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको हो । यो व्यवस्था आउँदो माघ १ देखि लागू हुनेछ ।अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले निःशुल्क गर्न पाउनेछन । यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने नि:शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। शुल्क नलाग्ने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गर्दै आएका थिए । यही कारण न्यूनतम शुल्क उठाउन दिइएको राष्ट्र बैंकले जनाएको छ ।कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए।
कमेन्ट गर्नुहोस !