साथी सहकारीको साधारण सभा सम्पन्न, पत्रकार बिस्ट सम्मानित


सबैको सन्देश /सम्बाददाता सन्धिखर्क।
साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क(२, अर्घाखाँचीको आठौं वार्षिक साधारण सभा संस्थाको सभा हल चुत्राबेसीमा सम्पन्न भएको छ ।कोभिड (१९ का कारण साधारणसभा लाई भर्चुअल माध्यमबाट संचालन गरिएको थियो ।
साथी सहकारी जिल्लाको आर्थिक बिकास र सामाजिक सुदृढीकरण र नागरिकको आयआर्जनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको एक नमुना सहकारीको रुपमा परिचित छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख कमलप्रसाद भुसालले रास्ट्रको समृद्धिका लागि सहकारी क्षेत्रले पुर्याएको योगदानको प्रसंशा गर्दै साथी सहकारीले समाजमा खेलेको भुमिकाको लागि धन्यवाद व्यक्त गर्नुभयो ।करीव १५ करोड कुल पुजी रहेको सहकारीमा करीव २६ सय सेयर सदस्य रहेका छन् । झण्डै २ करोड ७४ लाख ३ सय सेयर पुजी रहेकोमा झण्डै ८ करोड ऋण लगानिगरेको छ ।
नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीको भर्चुअल आथित्यता, नगरप्रमुख कमलप्रसाद भुसालको भौतिक उपस्तिथि सहितको विषिस्ट आतिथ्यता साथै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बि क किशोर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, सल्लाहकार तथा भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशमबहादुर थापा, मुक्तिराम आचार्य , लक्ष्मिनाराण चुदाली लगायतको भर्चुअल आतिथ्यता रहेको थियो ।
साधारण सभामा सहकारी क्षेत्रको प्रवर्द्धनका लागि संचार क्षेत्र मार्फत महत्त्वपूर्ण योगदान गरेको भन्दै पत्रकार कमल विस्ट लाई सम्मान गरेको छ साथै संस्थाको सफलतामा योगदान पुर्याएका , असल बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट कर्मचारी लाई समेत सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता, कार्यकारी प्रमुख प्रकाश भुसालको संचालन, सदस्य केशव घिमिरेको स्वागत मन्त, लेखा संयोजक नेत्रप्रसाद भुसालले वार्षिक लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !