राजमो अध्यक्ष चित्र बहादुर केसी अर्घाखाँची आउने

गोपाल प्रसाद भट्टराई/ अर्घाखाँची ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संसद पूर्नस्थापनाको पक्ष र संघियताको खारेज तथा प्रतिगमनका बिरुद्ध शक्ति प्रदर्शन सहित माघ ३० गते सन्धिखर्कमा बृहत बिरोध सभा गर्ने भएको छ । राष्ट्रियता एवम् मुलुकको परिवर्तनका उपलब्धिको रक्षार्थ आम जनतालाई सचेत पार्न र सरकारलाई खबरदारी गर्न आयोजना गरिने उक्त कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी को बिशेष सम्बोधन रहने राजमो अर्घाखाँचीले जनाएको छ । विघटित संसदको पूर्नस्थापनाको पक्षमा र प्रतिगमनका बिरुद्ध संघर्षका कार्यक्रम तय गर्न राजमो अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलाबाट यस्तो कार्यक्रम तय गरिएको हो।

Image may contain: 2 people, outdoor

राष्ट्रियता,गणतन्त्र,धर्मनिरपेक्षताको रक्षार्थ शक्ति बढाउँदै देश र जनताको हितका बिरुद्ध उठेका मुद्धालाई परास्त गर्न सहयोग पुगोस भन्ने हेतुले जिल्लाका ६ वटै पालिकाबाट हजारौं कार्यकर्ता सन्धिखर्कमा उतारेर बृहत बिरोध सभा गर्ने ठेगान भएको राजमो जिल्ला अध्यक्ष थम्मन के।सी।ले जानकारी दिनुभएको छ । वर्तमान सरकारले संसद विघटन गरेपछिको उत्पन्न राजनितिक घटनाक्रमले मुलुकको भविष्यनै धरासायी अवस्थामा पु¥याएको छ,अध्यक्ष के।सी।ले भन्नुभयो, यस्तो अवस्थामा देश र जनताको पक्षमा सडक संघर्ष चर्काउने राजमोको केन्द्रिय कार्यक्रम अनुसार नै हामीले अर्घाखाँचीमा माघ महिनाभर संघर्षका विविध कार्यक्रम गर्ने निर्णय गरेका छौं ।

Image may contain: 1 person, standing and outdoor

अध्यक्ष केसी को अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र जिल्ला सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न भेलाले माघ ७ गते जिल्लाका ६ वटै पालिकामा भेला गर्ने,माघ १५ गते युवक संघको आयोजनामा मोटरसाइकल ¥याली गर्ने,माघ २६ सम्म जिल्लाभर सबै नेता कार्यकर्ता परिचालन भएर सरकार र प्रतिगमनका बिरुद्ध जनतालाई सचेत बनाउन अभियान संचालन गर्ने र ३० गते बृहत बिरोध सभा गरि पहिलो चरणको कार्यक्रम समापन गर्ने निर्णय गरेको राजमो अर्घाखाँचीले जनाएको छ । राजमो र उसका बिभिन्न मोर्चाका पदाधिकारी सहितको भेलामा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव रग्मीले बिशेष सम्बोधन गर्दै संसद विघटन गरेर सरकारले गणतन्त्रमाथी कु गरेको र प्रतिगमनशक्तिलाई प्रसय दिएको आरोप लगाउनुभएको छ । कार्यक्रममा राजमोका नेता शेर बहादुर वि।सी।,केन्द्रिय सदस्य झविलाल थापा लगायतको आतिथ्यता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close