भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक चल्दा १३ को मृत्यु

काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गएराति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १३ जना मजदुरको मृत्यू हुनुका साथै ५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गुजराजको सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । उखु बोकेको ट्याक्ट्ररसँग ट्रक ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएका कारण सुतेका मजदुरमाथि ट्रक चलेको बताइएकोछ । दुर्घटनामा घाइते भएकालाई अस्पताल लगिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close