अर्घाखाँचीमा ८० बर्षकोे उमेरमा बृद्ध महिलाले नागरिकता प्राप्त

सबैको सन्देश /सन्धिखर्क ।
अर्घाखाँचीमा ८० बर्षको उमेरमा एक बृद्ध महिलाले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनार मा जन्मनुभएकी पोमकला खनाल विगत ४० बर्ष देखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा रहेको छोरीको घरमा बस्दै आउनुभएको थियो ।
मानसिक सन्तुलन गुमाउनुभए कि बृद्ध महिलालाई मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनालको पहलमा उहाँ बसेको घर कुरमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासनको टोलीलले नागरिकता प्रदान गरेको हो । नागरिकता नभएपछि बृद्ध महिलाले बृद्ध भत्ता समेत प्राप्त गर्नुभएको थिएन ।
कमेन्ट गर्नुहोस !