शितगंगामा बाबुद्वारा छोरीको हत्या

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा बाबुद्वारा छोरीको हत्या भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २, झिर्रामा आफ्नै बाबुले छोरीको हत्या गरेका छन ।स्थानिय २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै छोरी २ बर्षिय सृष्टि घिमिरेको रसीले घाँटी थिंचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो ।

घरमा बावुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिंचिएको पाईएको प्रहरीको भनाई छ । ईलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्यारालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको छ । विगत केही समय देखि श्रीमान्संगको विवादले श्रीमती माइतमा बस्दै आउनुभएको थियो । बावुसंग बसेकी आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close