कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ ।थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।कोरोना संक्रमणका कारण वैशाखमा हुने भनिएको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट ४लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।यसपालि नियमिततर्फ ३ लाख १० हजार ३ सय १६ जनाले, गेडवृद्धितर्फ ९१ हजार ९ सय र आंशिकतर्फ ३१ हजार ५५ जनाले परीक्षा दिएका थिए । आंशिकतर्फका एक जनाको परीक्षा रद्द भएको छ भने ६ हजार ३ सय २० जनाले परीक्षा स्थगित गरेका छन् । कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट पनि थाहा पाउन सकिन्छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np  र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट नतिजा हेर्न सकिने छ । यसैगरी, नेपाल टेलिकमको नम्बर १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close