शिवराज खेलकुद महोत्सवको तयारी पूरा

कमल बिष्ट/ कपिलबस्तु ।
शिवराज नगर खेलकुद विकास समितिको आयोजनामा हुने शिवराज खेलकुद महोत्सवको तयारी पूरा भएको छ, खेलकुद महोत्सवमा नगर भित्रका विद्यालयहरु बीच रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, त्यसैगरी नगर भित्रका क्लब र संघ संस्था बीच मेयर कप प्रतियोगिता र उपमेयर कप प्रतियोगिता लाई एकैपटक संचालन गरि खेलकुद महोत्सवको रुपमा हुने प्रतियोगिताको शिवराज नगरपालिका ( ५ चन्द्रौटामा अवस्थित राष्ट्रिय मा। वि। को अगाडी रहेको खेलमैदानमा, भोलि २२ गते विहीबार बिहान ११ बजे नगरप्रमुख नेत्रराज अधिकारी बाट समुद्घाटन गर्ने कार्यक्रम रहेको नगर शिक्षा प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिनुभयो ।
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ नगरभित्रका १५ विद्यालयका खेलाडिहरु विच भलिबल ९छात्र, छात्रा० , एथलेटिक्स तर्फ विभिन्न स्पर्धामा छात्र छात्रा दौड, रिले दौड , हाइजम्प, लम्जम्प, ट्रीपल जम्प, सटफुट ज्याब्लिङ थ्रो साथै विभिन्न केजी तौल स्पर्धामा छात्र, छात्राहरु बिच कराते प्रतियोगिता हुनेछ ।
त्यस्तै मेयर कप प्रतियोगितामा पुरुष हरुको टिम बिछ फुटबल, क्रिकेट र भलिबल साथै उपमेयर कपमा महिला टिमहरुबिच फुटबल र विभिन्न केजि तौलको स्पर्धामा कराते खेल प्रतियोगिता हुने साथै कोभिडको जोखिम अझै रहेको भन्दै यश वर्ष कबड्डी खेल लाई प्रतियोगितामा समाबेश नगरीएको आयोजकले जनाएको हो ।माघ ३० गते सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुने संघ संस्था तथा क्लब मार्फत सहभागी हुने सबै खेलाडी शिवराज नगरपालिका भित्रका स्थायि बसोबास गर्ने नागरिक हुनुपर्ने छ ।
२२ गतेको उद्घाटन पश्चात् मैत्रीपूर्ण डोरीतान प्रतियोगिता लगत्तै प्रतिस्पर्धात्मक सटफुट छात्रछात्रा, सटफुट छात्रचात्रा, लङ्जम्प छात्रछात्रा, ८०० मिटर दौड छात्र चात्रा बिचको खेल फाइनल चरण सम्म खेलाइने छ , मेयर कप तथा उपमेयर कपका प्रतियोगिता माघ २७ गते बाट शुरु हुने आयोजकले जनाएको छ, खेलकुद महोत्सव माघ ३० गते सम्म सन्चालन हुनेछ ।
कमेन्ट गर्नुहोस !